र्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिरी जमानीमा छाड्ने तयारी भएको छ । सरकारको यस्तो तयारीपछि सम्भवतः उनीहरू आजै हाजिरी जमानीमा रिहा हुनेछन् ।

उच्च स्रोतले  कुराकानीमा सर्वोच्च अदालतले दिएको आदेशपछि म्याद थपको कुनै तयारी भएको छैन तर उनीहरुमाथिको अनुसन्धान पनि सकिएको छैन ।

सर्वोच्च अदालतले सोमबार ओली र लेखकलाई सशर्त थुनामुक्तको आदेश दिएको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय  विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दिएको आदेशपछि उनीहरुलाई हाजिरी जमानीमा छाड्न लागिएको हो ।

थपिएको पाँचदिन भित्र ओली–लेखकमाथि मुद्दा अभियोजन नभए उनीहरूलाई हिरासतमुक्त गर्न सर्वोच्चले परमादेश दिएको थियो ।

“जिल्ला अदालतबाट मिति २०८२।१२।२२ मा भएको आदेश अनुसारको समयावधिमा अनुसन्धान कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही अनुसार र सो हुन नसकेमा तत्पश्चान् अर्थात् तेस्रोपटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पुरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ,” आदेशमा भनिएको छ ।

अभियुक्तहरूको बयान कार्य सम्पन्न भइसकेको र अनुसन्धानका काम पूरा भएकाले थुनामा राख्न नपर्ने कारण देखिएको आदेशमा उल्लेख छ ।

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय