नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।आइतबार भारतको नयाँ दिल्ली जाने तयारीमा रहेका प्रचण्डले त्यसअघि एमाले अध्यक्ष ओलीसँग भेटेका हुन् ।  ललितपुर च्यासलमा भेट भएको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । ओली र प्रचण्डबीच सरकारले चुनावको वातावरण बनाउन नसकेको विषयमा समीक्षा भएको आचार्यले जानकारी दिए ।

प्रचण्डले शनिबार नै ओलीसँग भेट्ने तय भएको थियो । यद्यपि, प्रचण्ड पूर्वी नेपालबाट काठमाडौं फर्किने क्रममा प्लेन डिले भएपछि आइतबार भेट भएको एमाले स्रोतले लोकान्तरलाई जानकारी दियो । राष्ट्रिय सभा निर्वाचन नजिकिँदै गर्दा दलहरूबीच तालमेलको प्रयास भइरहेको छ । दलका नै प्रदेश सांसद र पालिकाका प्रमुख/उपप्रमुख मतदाता हुने निर्वाचनमा गठबन्धन नगरी जीत निकाल्न मुस्किल छ । साथै, आसन्न प्रतिनिधिसभा निर्वाचनमा पनि दलहरूबीच तालमेल गर्नुपर्ने विषय भित्र-भित्रै उठिरहेको छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय