भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनासम्बधी जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँचजनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । जाँचबुझ आयोगको आइतबार (असोज १२) बसेको निर्णयले विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको हो ।

निवर्तमान प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई विदेश जान रोक लगाउन सिफारिस गरेको हो ।

साथै, आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका पनि छाड्न नपाउने व्यवस्था गर्न भनिएको छ ।

edxs-1759065045.jpg

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय