मलेसियामा अगस्ट ७ देखि सञ्चालित ७औं हिरोज इन्भिटेसनल तेक्वान्दो कपमा नेपालको हुम्लाका युवा समाजसेवी विष्णु महतारा र उनका ७ वर्षीय छोरा स्वामिक महताराले फ्यामिली पुम्से तर्फ स्वर्ण पदक जितेका छन्। नेपाली टोलीको नेतृत्व ललितपुरस्थित न्युजेन स्पोर्ट्सका प्रशिक्षक सुप्रीम गुरुङले गरेका थिए। हुम्लाका मोहन रोकायाले यो जानकारी दिएका हुन्।

३० देशका ३५७ टोली र २५ हजारभन्दा बढी खेलाडी सहभागी भएको यो प्रतियोगितामा नेपालको तर्फबाट न्युजेन स्पोर्ट्सका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ४ स्वर्ण, २ रजत र १ कांस्य पदक जितेका छन्।

इन्डिभिजुअल पुम्सेमा साम्राज्ञी क्षेत्री र रायन अर्यालले स्वर्ण पदक हासिल गरेका छन्। त्यस्तै, विष्णु महतारा, स्वामिक महतारा र रिया अर्यालले पनि इन्डिभिजुअल पुम्सेमा स्वर्ण पदक जितेका छन्।

यो जितले नेपालको तेक्वान्दो खेलमा अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ थपेको छ। हुम्लाका समाजसेवी विष्णु महतारा र उनका छोराको यो उपलब्धिले स्थानीय समुदायमा समेत गर्वको अनुभूति गराएको छ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय