विपिन्न वर्गको सुविधा पार्टीका कार्यकर्ताले लिएको भन्दै स्थानीयले विरोध जनाइएका छन् ।

विपन्न परिवारको नाममा राज्यको सम्पति दोहन गरेको भन्दै गोर्खा जिल्ला भिमसेनथापा गाउँपालिकाका स्थानीयले पार्टीका कार्यकर्ताले विपिन्न वर्गको नाममा आर्थिक सहायता लिएको भन्दै सामाजिक संजालमा चर्काे आलोचना गरेका हुन् ।

कडा रोग तथा विपन्न परिवारको नाममा सम्पन्न परिवारले पाएको भन्दै स्थानीयले आलोचना गरेका हुन् । नेपाली काँग्रेसको भिमसेनथापा गाउँपालिका वडा नं ३ का सभापति नेत्र प्रसाद पुडासैनी देखि जिल्ला सहसचिवसम्मले विपन्न परिवारका नाममा आर्थिक सहयोग लिएको देखिन्छ । राज्यको सम्पति दोहन गरेको भन्दै स्थानीयले अख्तियारले छानविन गर्नुपर्ने समेत माग गरेका छन् । विपन्न वर्गले पाउनुपर्ने सुविधा नपाएको भन्दै सामाजिक संजालमा गुनासो पोखेका छन् ।

१५ हजार देखि २५ हजारसम्म रकम भुक्तानी लिने व्यक्तिहरुको नामवलीहरु हेर्नुहोस् :

पत्रको शीर्षकमा नै कडा रोग लागेका विपन्न परिवारले उपचार तथा जीविकोपार्जनका लागी आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०७३ बमोजिम भनिएको छ । आर्थिक सहायता कार्यविधि २०७६ मा समेत उक्त व्यबस्था रहेको देखिन्छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय