राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतासहित बार्षिक बजेटवारे कार्यशाला आयोजना गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालय सिंहदरवारमा मंगलबार बिहानबाट जारी कार्यशालामा रास्वपाका प्राय सवै सांसदहरु सहभागी रहेको नेता मनिष झाले जानकारी दिएका छन् ।
सो पार्टीका सांसदहरुलाई लक्षित कार्यशालमा अर्थशास्त्री तथा नेपाल सरकारका पुर्वसचिव रामेश्वर खनाल र डा स्वर्णिम वाग्लेले विधेयकका सिद्धान्त र बजेटबारे प्रस्तुती दिइरहेका छन् । विधेयकका प्राथमिकता र सिद्दान्तबारे मंगलबारैबाट संघीय संसदमा छलफल हुदैछ ।
