नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई भेट्न कोश्यारी प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनीहरूबीच बिहीबार दिउँसो भेटवार्ता भएको हो । उनीहरूबीच के कुराकानी भयो भन्ने खुलाइएको छ । पछिल्लो समय भारतीय नेताहरूले नेपाल भ्रमण गरिरहेका छन् ।

अघिल्लो हप्ता मात्र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रचण्डलाई भेटेका थिए ।

उनले प्रचण्ड मात्र नभए एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय