भारतको जम्मू कश्मीरको उधमपुरमा सुरक्षा बल र आतंककारीहरूबीच भएको भिडन्तमा एक भारतीय सैनिकको मृत्यु भएको छ । सेनाको ह्वाइट नाइट कोर्प्सले सामाजिक सञ्जालमा एक पोस्टमार्फत यो जानकारी दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भिडन्तमा गम्भीर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको हो । भिडन्त अझै जारी छ। मंगलबार जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।



