सप्तरी जिल्लाको एक गाउँपालीकाले महिलाहरुलाई सिपमूलक सिलाई कटार्ई मेसिन वितरण गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिकाले घरमै बसेर महिलाहरुले आयआर्जन गर्न सहज होस भन्ने उद्देश्यले महिलाहरुलाई सिलाई मेसिन वितरण गरेको गाउँपालीकाका अध्यक्ष उमेश प्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०८०/०८१को बजेट बाट विष्णुपुर गाउँपालिकाको वडा न २ मा बसोबास गर्ने २४ जना महिलाहरुलाई मंसिर १६ गते सिलाई मेसिन वितरण गरेको हो ।
गाउँपालिकाकै आयोजनामा गरिएको उक्त कार्यक्रम अभियानका रुपमा लिइएको र आगामी दिनहरुमा पनि संञ्चालन गरिने जनाएका छन् ।




