सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ को अध्यक्षमा जसपा, नेपालका उम्मेदवार देवेन्द्र प्रसाद यादव निर्वाचित भएका छन् ।
उनी ३ सय ७२ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार यहाँ नेपाली कांग्रेसका जोगिन्द्र राय अमात २ सय ७७ मतसहित दोस्रो स्थानमा र जनमत पार्टीका उदय नारायण पंडितले २ सय ३१ मत प्राप्त गरेको आयोगले जनाएको छ ।२०७९ को निर्वाचनमा नेपाली कांग्रेसा हरी प्रसाद राय ३ सय ३३ मतसहित विजयी भएका थिए ।



