राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिका सहकारी ठगी आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ । गितेन्द्रबाबु राई जीबीसँगको व्यवसायीक साझेदारीमा सहकारीको रकम प्रयोग भएको देखिदा यो ठगीमा रविको समेत नाम जोडिएको छ । यहि प्रकरणमा रविविरुद्ध सहकारी विभागमा समेत उजुरी परिरहेको बेला सीआइबीले अनुसन्धान थालेको हो ।

देशका विभिन्न स्थानमा सहकारी खोलेर वचतकर्ताको अर्बाैं रकम अपचलन गरेका गितेन्द्रबाबु राई जीबी अझैं फरार छन् । सहकारी ठगी गरेर उनी मलेसिया भागेको धेरैले अनुमान लगाइरहेका छन् । यस्तोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही समयअघि जीबीलाई मलेसियामै पुगेर भेटेकोदेखि सहकारी ठगीमा समेत संलग्न रहेको गम्भीर आरोप लाग्ने गरेको छ ।

रविले रास्वपा गठन गर्नुअघि जीबीसँग मिलेर ग्यालेक्सी फोर के टेलिभिजन खोलेका थिए । पाँच वर्ष टेलिभिजनबाट कतै नजाने सर्तमा टेलिभिजन खोलेका रवि दुई वर्ष नै नविताई ग्यालेक्सीबाट बाहिरिए । रविकै भरमा चलेका जीबीले थुप्रै सहकारीबाट पैसा ग्यालेक्सी टेलिभिजनको माउ कम्पनी गोरखा मिडियामा लगानी गरेको तथ्य बाहिरिई सकेको छ । तर, रविले आफू सहकारीको रकम अपचलमा कतै सहभागी नभएको दाबी गरिरहेका छन् । सहकारी ठगीमा आफूलाई जोड्न थालेपछि सरकार र गृहमन्त्रीविरुद्ध रविले संसदीय समितिमा नै आक्रोश पोखेका थिए । रविले गृहमन्त्रीले सुन तस्करीको अनुसन्धानलाई प्रभावित बनाएकोदेखि थुप्रै आरोप लगाएका थिए ।

रविले विभिन्न आक्षेप लगाएपछि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि पहिलेको जस्तो सबै गल्तिमा छुट नहुने भन्दै घुमाउरो शैलीमा सहकारी प्रकरणमा जोडिएको पाइए कारबाहीको चेतावनी नै दिएका थिए ।

यसरी चलेको विवादलाई धेरैले अब के होला भन्ने दृष्टीबाट समेत हेरेको देखिन्छ । तर, त्यसपछि पदयात्रा भन्दै निस्किएका रविमाथि बुटवलमा घेराबन्दी नै भएको बताइन्छ । बुटवल धागो कारखानाबाट अघि बढ्नै नसकेका रविले सहकारी पीडितलाई त्यहाँ पनि आफू पीडितको पक्षमा लड्ने भन्दै आश्वासन दिए । यस्तै पोखरामा खोया नै प्रहार भयो । पोखरामा पनि रविले सहकारी पीडितलाई यस्तै आश्वासन दिए । वुटवल, पोखरापछि रविले सहकारी ठगीबारेको प्रश्न चितवनमा समेत फेस गर्नुपरेको छ । चितवनमा रविले सहकारी पीडितलाई राज्यले पैसा दिनुपर्ने भन्दै दिएको जवाफमा अहिले चर्को आलोचना र बहस सुरु भएको छ । जीबीसँग व्यापारिक साझेदारी गरेका रवि कानूनी ढंगले गोरखा मिडियाबाट बाहिरिएपनि के उनी त्यो दायित्वबाट पन्छिन मिल्छ ? प्रश्न गर्न थालिएको छ । तर, रविले चितवनमा सहकारी ठगीमा परेकालाई राज्यले क्षतिपूर्ति दिने विषयमा बोलेपछि रविविरुद्ध अहिले चर्को आलोचना शुरु भएको छ ।

सहकारी ठगीको विषय सीआईबीले हेर्दै

देशभरका विभिन्न सहकारीले लाखौं जनताको अर्बौ वचत हिनामिना गरेको पाइएको छ । सहकारीले गरको ठगीका कारण सर्वसाधारण वचतकर्तादेखि ठूलो रकम जम्मा गरेका व्यापारिहरुको विचल्ली शुरु भएको छ । यस्तोमा रास्वपाले सहकारीबारे अनुसन्धान गर्ने भन्दै डा. स्वर्णिम वाग्लेलाई अघि सारेर सरकारमाथि दबाब दिने भन्दै सरकारलाई दोषी किन कारबाही गरेनौं भनेर प्रश्न गर्दै आफूमाथि लागेका आरोपलाई पखाल्ने प्रयास थालेको सरकारी बुझाईपछि यो विषयको अनुसन्धान सीआइबीलाई गम्भिरता र निर्ममतापूर्वक गर्न सरकारले जिम्मा लगाएको छ ।

सीआईबीले विभिन्न जिल्लाबाट सहकारी ठगी, शंकास्पद कारोबार, उजुरी लगायतका सबै विषयमा उपलब्ध फाइल मागेर अनुसन्धान थालेको छ । सहकारी ठगीमा सीआईबीले अनुसन्धान गर्ने भएपछि यो प्रकरणमा जोडिएका रवि र जीबीसहित सबै व्यक्तिहरु कानूनको दायरामा आउने अपेक्षा गरिएको छ । तर, सरकारले नियत नै साँधेर सिमित व्यक्तिमाथि कानूनको डण्डा चलाउने त होइन भन्ने आशंका पनि बाहिर देखिन्छ । कतैपनि कैफियत नभए सरकारले गर्न सक्ने धेरै केही हुन्न । यता सीआईबीले आफ्नोछवीमाथि प्रश्न उठ्न नदिने गरि छानविन गर्ला ? यसतर्फ चासो पनि सोझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय