आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र बङ्लादेश खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा दुई बजे कोलकाताको इडेन गार्डेनमा हुनेछ।

६ वटा खेल खेलेकाेमा दुई वटामा मात्रै विजयी भएकाे पाकिस्तानकाे चार अङ्कमात्रै रहेकाे छ । तालिकामा पाकिस्तान सातौँ स्थानमा छ ।

यस्तै, एक खेलमा मात्रै जित निकालेकाे बङ्लादेश तालिकाकाे नवाैँ स्थानमा छ ।

आयोजक भारत ६ वटै खेल जितेर १२ अङ्ककासाथ तालिकाको पहिलो स्थानमा रहेको छ । ६ खेलमा पाँच वटामा जित र एउटामा हार बेहाेरेकाे दक्षिण अफ्रिका १० अङ्कसहित दोस्रो स्थानमा रहेको छ।

आजको खेलसहित पाकिस्तान र बङ्लादेशले तीन खेल खेल्न बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय