सोमबारदेखि काठमाडौंमा शुरु भएको आईसीसी टी-२० विश्वकप एसिया फाइनल छनोटमा नेपालले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो ।

 

सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । कुशलले ४८ बलमा ७४ रन बनाए । आशिफ शेख २६ बलमा २७ रन बनाएर आउट भए । यस्तै कप्तान रोहित पौडेल २४ बलमा ३५ रनसहित अविजित रहे भने कुशल मल्ल १ बलमा ६ रनसहित अविजित रहे । सिंगापुरका लागि अक्षा पुरीले १ विकेट तथा अनन्थ कृष्णले १ विकेट लिए ।

 

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो ।

 

सिंगापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन् । त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए । उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन् । त्यस्तै मनप्रित सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे ।

 

नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई/दुई विकेट लिए । नेपाल दोस्रो पटक टी-२० विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रेको छ । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा टी-२० विश्वकप खेलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय