कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाटै दुई वटा दाबी पेश भएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीले आ-आफ्नो दाबी पेश गरेका हुन् ।

कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुख प्रमुखको कार्यालय पुगेर दाबी पेश गरेका हुन् । उनीसँगै एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी लगायतका सांसदहरु पनि प्रदेश प्रमुख कहाँ पुगेका छन् ।

यता सत्तारुढ गठबन्धन दलका प्रदेश सभा सदस्यहरुको समर्थनमा आङ्बोले दाबी पेश गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय