एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम (फाइनल) खेलमा पहिले टस जितेर भारतविरुद्ध ब्याटिङ गरेको श्रीलंका ५० रनमै अलआउट भएको छ ।

आइतबार कोलम्बोमा भएको फाइनल खेलमा १५.२ ओभरमा जम्मा ५० रन बनाएर श्रीलंका अलआउट भएको हो ।

भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिन सफल भए । खेलको पहिलो ओभरमा बुमराहले विकेट लिएका थिए ।

त्यसपछि भारतले लगातार विकेट लिएर श्रीलंकालाई ५० ओभरको खेलमा १५.२ ओभरमै अलआउट गर्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय