नेता सुवास नेम्वाङका छोराहरू विदेशमा रहेकाले उहाँहरू आएपछि अन्त्येष्टिको टुङ्गो लाग्ने र सोही दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दिनुभयो ।

साथै सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । संविधान सभा अध्यक्ष नेम्वाङको आज बिहान निधन भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय