न्यायको लागी चक्कर काट्दै महोत्तरीका सुकमरिया देवी
नरेन्द्र महताे-गाैशाला , महोत्तरी , कार्तिक ७
बोक्सीको आरोपमा मलमुत्र खुवाइ कपालकाटी हातखुट्टा बाधिएको अवस्थामा फेला पारिएको सुकुमरिया देवी न्याको लागि अहिले ठाउँ ठाउँमा चक्कर काटीरहेका छिन।
जलेश्वर नगरपालिका– ४ सुगा बस्ने ४२ वर्षीया सुकमरिया देवीलाई छिमेकी रगेश्वर महतोको परिवारले बोक्सीको आरोपमा मलमूत्र खुवाउने, कपाल चारपाटे बनाउँदै निर्घात कुटपिट गरेको थियो। स्थानियले आफ्नो घर अगाडिको बाटोमा निस्किएकी सुकमरिया देवीलाई देखेर आफ्नी १३ वर्षीया नातिनी रोएको भन्दै रगेश्वरको परिवारले बोक्सीको आरोप लगाउँदै दुव्र्यवहार गरेका थिए।
सुरुमा सुकमरियादेवीलाई रगेश्वरका छोरा सिकन्दरले लछारपछार गरेका थिए । पछि परिवारका अरू सदस्य पनि आएर उनलाई मलमूत्र खुवाए, कपाल काटे र कुटपिट गरेको प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी दिएको थियो। सुकमरियादेवीले गत बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएपछि प्रहरीले दुव्र्यवहारमा संलग्न रगेश्वरको परिवारका चार सदस्यलाई पक्राउ गरेको छ । प्रहरीले रगेश्वरकी ६५ वर्षीया पत्नी प्रमिला, छोराहरू ३५ वर्षीय सिकन्दर र २० वर्षीय अनिल तथा ३२ वर्षीया बुहारी पुरनीदेवीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । तर सुकमरिया देवी न्याय पाउनको लागि जिल्ला प्रहरी कार्यालयको चक्कर काटिरहे छ। घटना मिलाउन केही मानिसहरु सक्रिय रहेको देखिन्छ।
उता पीडित सुकमरिया देवीको स्वास्थ्य जाँच गराइएको र हाल अवस्था सामान्यको छ । आरोपी चारै जना माथि अनुसन्धान चलिरहेको र दोषीलाई उन्मुक्ति नदिने एसपी दिनेश अाचार्यले बताए ।