नेपालकै प्रसिद्ध शक्ती पिठ कंकालिनी भगवति मन्दिरमा ७ सय ४४ वटा राँगा बलि
नवीन कुमार यादव
सप्तरी , २९ असोज । नेपालकै प्रसिद्ध शक्ती पिठहरू मध्ये सप्तरीको भारदहस्थित कंंकालिनी भगवती मन्दिर नेपाल लगाएत भारत सम्मको प्रसिद्ध शक्ती पिठ रहेको मानिन्छ ।
प्रतेक बर्ष बडादशैंको महानवमीका दिन राँगा बलि चढाउने गर्छन्। तर यस बर्ष पनि
सात सय ४४ वटा राँगाको बलि चढाइएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कंकालिनी भगवती शक्तिपीठमा महानमवीका दिन बिहीबार सात सय ४४ राँगाको बलि प्रदान गरिएको मन्दिर विकास समितिले जनाएको छ ।
गत वर्ष कोरोना महामारीका कारण राँगा बलिमा कमी आएको तर यसवर्ष बढी नै बलि प्रदान गरिएको जनाइएको छ । मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्धारा सबैभन्दा पहिला सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ भलुवा निवासी जगदिश यादवको राँगा बलि प्रदान गरिएको थियो । त्यसपछि बलि दिन ल्याइएका राँगाहरू पालैपालो बलि चढाइएको मन्दिर विकास समितिले जनाएको छ ।
बिहीबार बिहान ११ बजेर ३० मिनेटबाट सुरु भएको बलि साँझ ८ बजे सम्पन्न भएको थियो । प्रसिद्ध कंकालिनी भगवति मन्दिरमा आफनो मनोकामना पूरा भएपछि नेपालको विभिन्न जिल्ला संगै छिमेकी राष्ट्र भारतको बिहार राज्य अन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि चढाउन भक्तजनहरु आएका पण्डित मिरकुञ्जय झाले बताउनुभयो ।