गाैशालामा रहेका दुर्गा मन्दिर वेलपत्र कार्यक्रम सम्पन्न।
नरेन्द्र महताेे महाेत्तरी असाेज २६
प्रत्येक वर्ष झै यस वर्ष पनि आशिवन शुल्क सप्तमीका दिन महाेत्तरी जिल्लाकाे गाैशालामा रहेका दुर्गा मन्दिरमा भक्जनहरु द्वारा मरम्मपरा अनुसार मंगलवार विहानकाे ९ वजे वेलपत्र कार्यक्रम विधि पुर्वक सम्पन्न गरि छन आजै देखि माताकाे खाेईच तथा दर्शण गर्ने कार्य शुरु भएकाे पुजारीले बताएका छन ।
प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ ।
वेलपत्र कार्यक्रममा करीव सय जना भक्तजनहरुकाे उपस्थिति रहेका थिए साे कार्यक्रम दुर्गा मन्दिर, गणेश मन्दिर,जल्पा मन्दिर हुँदै पुशु सेवा केन्द्रमा रहेका वेलकाे रुख नीर विधिवत पुजारी द्वारा तन्त्रमन्त्र गरि वेलपत्र ताेडि डाेलामा राखिएका थिए त्यस पछि महाैलिया टाेल हुँदै व्रहमस्थानकाे दर्शन गरि पु:नह गणेश मन्दिर हुँदै दुर्गा मन्दिरकाे प्रगांनमा दुर्गा माताकाे प्रतिमा अगाडि विधि पुर्वक पुजारी द्वारा मन्त्र गरि डाेलामा रहेका सामग्रि माताकाे प्रतिमा भित्र राखि सम्मपन्न भएका थिए ।
उता विगत वर्षमा काेराेना भाईरसकाे कारण सिमित भक्तजनहरु पुजा पाठ गर्न अाएका थिए तर यस वर्ष काेराेना कम भएकाे कारण भक्जनहरु घुईचाे लागने छन।
दुर्गा माताकाे वलि पनि विगत वर्षकाे तुलनामा यस वर्ष वढि हुने अाकलन गरिएकाे दुर्गा मेला समितिले जनाएका छन्। HTP-Khabar