धनतेरसका दिन धातुका नयाँ सामान खरीद गर्नेकाे व्यापक भिड। 

नरेन्द्र महताे – गाैशाला- महाेत्तरी- कार्तिक १६

धनतेरसमा धातुका नयाँ सामान खरिद गरेमा शुभ हुने जनविश्वासकाे कारण महाेत्तरी जिल्लाकाे गाैशाला बजारमा मंगलवार व्यापक भिड उमरेकाे थिए। ग्रामिण ईलाका बाट विशेष गरि महिलाहरु धातुका सामान बाहेक ,लक्ष्मी जी,गणेश कुबेर भगवानकाे अंकित फाेटाेहरुकाे साथै पसलहरुमा सुनकाे गहना,पितल, धुप ,अगरवत्ति तथा मगवत्ति खरिद गर्नेहरुकाे पनि त्यतिक‌ै भिड रहेकाे थियाे। धनतेरसकाे दिन देखि दीपावली पर्व ( तिहार) सुरु भएकाे छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया सम्म मनाइने दीपावलीको पहिलो दिन ‘धनतेरस’ मनाईएकाे छ।

मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई मिथिलामा ‘धनतेरस’ भनिन्छ । यस दिन नयाँ धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने मैथिल परम्परा छ ।मंगलवार बिहान ९ बजेअघि नै त्रयोदशी तिथि प्रारम्भ भएकाे कारण नक्षत्रादिको भोगले बिहान ११ बजेपछि धातुका नयाँ सामान किन्न शुभ हुने मैथिल परम्परा र कर्मकाण्डमा उल्लेख भए अनुसार साँझदेखि उज्यालाेे बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरियाे । मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा तिथि, बार, नक्षत्र एवं चाडपर्वको छिनोफानो गरिन्छ । दुवै पञ्चाङ्गमा मंगलवार नै धनतेरस उल्लेख छन।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन्। सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ । मिथिलामा धनतेरसमा खरिद गरिएकाे सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास रहेकाे कारण वजार भरि भराउ रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय