प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै।
०७ माघ २०७८, काठमाडौँ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । देउवाले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
पुस २९ गते सरकारको ६ महिना पुरा भइसकेको छ । कोरोना महामारी र सरकारको ६ महिने कामबारे देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको देउवाका सचिवालय सदस्य गोविन्द परियारले इकागजलाई जानकारी दिए । देउवाको सम्बोधन सरकारी मिडिया नेपाल टेलिभिजनबाट प्रशारण हुने बताइएको छ ।