
राजावादीहरूको आन्दोलन मत्थर भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले चक्रपथभित्र र अन्य सार्वजनिक स्थानमा लगाएको निषेधाज्ञा हटाएको छ । आन्दोलनलाई लक्षित गर्दै विभिन्न सार्वजनिक स्थानमा भेला, जुलुस, धर्ना र प्रदर्शन गर्न लगाएको प्रतिबन्ध लगाएको थियो ।
कार्यालयले आज एक सूचना जारी गर्दै गत जेठ १८ गतेको आदेश खारेज भएको जानकारी दिएको हो। यसअघि प्रशासनले जेठ १८ गते एक आदेश जारी गर्दै काठमाडौँ जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध गरेको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘मिति २०८१-०२-१८ गतेको आदेश मार्फत् निषेध आदेश जारी गरेकोमा हाललाई उक्त आदेश कायम नरहेको ब्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ।’