नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीद्वयले केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’जस्तो भएको टिप्पणी गरेकी छन् ।
शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै आरजुले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन राजनीतिक दस्तावेज नभइ एनजीओको ‘विसलिष्ट’ जस्तो लागेको बताएकी हुन् ।
उनले महामन्त्रीहरूको प्रतिवेदनमा देशलाई दूरगामी प्रभाव पार्ने कुनै एजेण्डा नभएको बताइन् । उनले महामन्त्रीद्वयले पेश गरेको कार्ययोजनामा समेटिएका प्रस्तावको उपलब्धि के भन्नेबारे प्रष्ट नखुलाइएको बताइन् ।
उनले पार्टीलाई सार्वजनिकरूपमा आलोचना नगर्न पनि आग्रह गरिन् । उनले समानुपातिकबाट आएका महिलाहरूलाई असक्षम घोषणा गरिएकोमा असन्तुष्टि जनाइन् । Source :Madhyanha
