
देशले तेस्रो राष्ट्रपतिको रूपमा रामचन्द्र पौडेललाई पाएको छ । राष्ट्रपति पदका लागि बिहीबार भएको निर्वाचनमा एमाले उम्मेद्वार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका पौडेल निर्वाचित भएका हुन् ।३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसद्का २ सय १४ सांसद र प्रदेशसभाका ३ सय ५२ सदस्यले मत दिएका हुन् ।
रामचन्द्र पौडेल नेपालका निर्वाचित राष्ट्रपति व्यक्तिगत विवरण जन्म १५ अक्टोबर १९४४ (उमेर ७८) तनहुँ जिल्ला, नेपाल अधिराज्य राष्ट्रियता नेपाली राजनीतिक दल नेपाली कांग्रेस रामचन्द्र पौडेल (वि.सं. २००१ असोज २९) नेपाली राजनीतिज्ञ हुन्। यिनी प्रतिनिधिसभाकाे सभामुख, उप प्रधानमन्त्री लगायत विभिन्न मन्त्रालयकाे मन्त्री भएका छन्। तनहूँ क्षेत्र नं.२ बाट संविधानसभामा विजयी भएका थिए। उनले २०४८को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं. १बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं.२बाट विजय हासिल गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पौडेल नेपाली काङ्ग्रेस संसदीयदलका नेता हुन्। शान्ति तथा पुनर्निर्माण मन्त्री र उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालिसकेका पौडेलले पार्टी मुखपत्र नेपाल पुकारको सम्पादक लगायत विभिन्न जिम्मेदारी वहन गरिसकेका छन्।
प्रारम्भिक जीवन रामचन्द्र पौडेल वि.सं. २००१ असोज २९ गते व्यास नगरपालिका, तनहुँ जिल्लामा आमा ऋषिमा र पिता दुर्गाप्रसादको घरमा ब्राह्मण परिवारमा जमिएका थिए।[२] आफ्नो जीवनको प्रारम्भमा, वि.सं. २०२० देखि २०२४ सम्म उनले संस्कृत महाविद्यालयबाट संस्कृत साहित्यको अध्ययन गरे। वि.सं.२०२७ बाट उनले नेपाली साहित्यको अध्ययन गरेका थिए। पौडेलले सविता पौडेलसँग विवाह गरेका छन् र उनीहरूका चार छोरी र एक छोरा छन्। राजनीतिक जीवन बी.पी. कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीति तर्फ आकर्षित भएका ६३ वर्षीय पौडेलको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि नै शुरु भएको हो। पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उनी पटक-पटक गरी १३ वर्ष जेल परेका छन्। प्रतिगमन विरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरवन्दमा परेका थिए।
प्रजातन्त्रप्रतिको निष्ठा र जनतासँगको अटुट लगावले आफूलाई विजयी बनाएको बताउने पौडेल संविधानसभामा गणतन्त्र संस्थागत गर्ने तथा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको वकालत गर्ने विषयलाई प्रमुखताका साथ उठाउने अठोट व्यक्त गर्छन्। अध्ययनमा विशेष रुचि राख्ने पौडेलका प्रजातान्त्रिक समाजवाद, नयाँ सन्दर्भमा समाजवाद, आस्थाका यात्रा लगायत आधा दर्जन कृतिहरू प्रकाशित छन्। उनी चार छोरी र एक छोराका पिता हुन्। प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट २५,३१८मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार एक बहादुर राना मगरले १९,९४३मत प्राप्त गरेका थिए। राष्ट्रपति निर्वाचन २०७९ मा पौडेल नेपाली कांग्रेसको तर्फबाट गठबन्धनको उम्मेदवार बनेका छन्। उनको प्रतिस्पर्धा नेकपा एमालेका सुभाषचन्द्र नेम्बाङ सित रहेको छ।