प्रतिनिधि सभा बैठक बस्दै, एमसीसीमाथि छलफल हुने कार्यसूची।
१५ फाल्गुन २०७८, काठमाडौं।
प्रतिनिधि सभाको १०औं अधिवेशनअन्तर्गतको सातौं बैठक आज (आइतबार) बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे छलफल प्रारम्भ हुने भएको छ ।
यसअघि शुक्रबारका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ।
त्यसैगरी बैठकको कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बठूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीसमेत रहेको छ। संसद् सचिवालयमा दर्ता भएको करिब साढे २ वर्षपछि एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव गत आइतबार मात्र संसदमा टेबल गरिएको छ। एमसीसीका विषयमा दलहरुबीच एक मत बन्न सकेको छैन । नेपाली कांग्रेसले आफ्ना सांसदलाई बैठक अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ। लामो समयदेखि संसद् अवरुद्ध गरेको नेकपा एमाले भने अवरोध कायमै राख्ने निर्णयमा अडिक रहेको एक सांसदले बताए।
माओवादी केन्द्रभित्र विवाद कायम रहेको छ । गतसाता सम्पन्न संसदीय दलको बैठकले विपक्षमा उभिने निर्णय गरेको थियो। एकीकृत समाजवादीभित्र पनि एमसीसीलाई लिएर विवाद भएको छ।
लोकतान्त्रिक समाजवादी पार्टीको बुधबार सम्पन्न बैठकले एमसीसीको पक्षमा मत हाल्ने निर्णय गरेकाने थियो। त्यसैगरी जनता समाजवादी पार्टी पनि एमसीसीको पक्षमा रहेको छ। अन्य संसदमा रहेका साना दलहरुमा नेमकिपा, राजमो विपक्षमा रहेको छ भने राप्रपाले यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2025: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा