जनमत पार्टीको कार्यकर्ता द्वारा दर्जनौं सरकारी गाडी तोडफोड।
१२ माघ २०७८,काठमाडौं।
मधेस प्रदेश: सर्लाहीको हरिवन नगरपालिकाका मेयर दिनेश प्रसाईं सवार गाडी सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदानका लागि जनकपुर पुग्ने क्रममा मेयर प्रसाईं र उपमेयर रेनुका पौडेल चढेको प्रदेश–२-०३००१ झ ००२० नम्बरको गाडीमा उनीहरूले तोडफोड गरेका हुन। त्यसक्रममा मेयर प्रसाईं घाइते भएका छन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको छ। गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ।
सीके राउतका कार्यकर्ताले तिरहुतीया गाछीमा गाडी रोकेर तोडफोड गरेका थिए। भाटासहित प्रदर्शनमा उत्रिएका उनीहरूले गाडी रोकेर तोडफोड र गाडीमा सवार रहेकाहरूलाई आक्रमण गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय