कृषिमन्त्री महेन्द्र यादवलाई पदबाट हट्न उपेन्द्र यादवको दबाब।
२६ पुष २०७८, काठमाडौं ।
पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक किचलो बढ्न थालेको छ । जसपाबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका महेन्द्र यादवले पार्टी विरोधी काम गरेको आरोप नेताहरुले लगाउँदै आइरहेका छन् । नेता यादवले अहिले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

स्रोतका अनुसार यादवसंग पार्टी असन्तुष्ट रहेकाले उनलाई
मन्त्री पदबाट हटाउन दबाब आइरहेको बुझिएको छ । उनले जसपा विभाजनको बेलामा भने उपेन्द्र यादवलाई नै साथ दिएका थिए ।
उनले पार्टी विरोधी कार्यहरु गर्दै आइरहेको भन्दै यादव पक्ष असन्तुष्ट रहेको बुझिएको छ । स्रोतका अनुसार उनले मन्त्रालयमा राम्रोसंग काम गर्न नसकेको कारण पनि देखाउंदै उनलाई सरकार बाहिर रहेर काम गर्ने सुझाव आइरहेको छ ।
यस्तै जसपामा नेताहरुले गुट बनाउन सुरु गरेको भन्ने कुरा पनि चर्चामा रहेको छ । जसपाका चर्चित नेता बाबुराम भट्टराई लगायतका नेताहरुसंग यादव पक्ष असन्तुष्ट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय