१६ पुष २०७८, काठमाडौं।

प्रदेश नम्बर २ मा जनमत पार्टीले घोषणा गरेको अनिश्चितकालीन पूर्व-पश्चिम राजमार्ग बन्दको प्रभाव प्रदेशको बिभिन्न जिल्लाहरूमा परेको छ ।
जनमतका कार्यकर्ताले बिहानैदेखि सिरहाको लहान र सप्तरीको भारदह क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण राजमार्ग ठप्प भएको छ । लहानमा कार्यकर्ताले उखु बोकेर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले लाठी बोकेर राजमार्ग अवरोध गरिरहेका छन् । महिला कार्यकर्ताहरू पनि आन्दोलनमा सहभागी छन् ।
उनीहरूले किसानको माग पूरा गर, प्रहरी दमन बन्द गर, किसानलाई मलखाद नदिने सरकार मुर्दाबादजस्ता नारा लगाइरहेका छन् ।
किसानलाई सिंचाईको व्यबस्था वा बिजुली नि:शुल्क दिनुपर्ने, समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्नेलगायतका ११ बुँदे माग राखेर जनमत पार्टीले मधेशकेन्द्रित आन्दोलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय