सरकारले सार्वजनिक गाडीकाे भाडा घटाएकाे छ । नेपाल आयगल निगमले इन्धनको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्दा इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा पनि घटाएको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । यसैलाई आधार बनाएर विभागले यात्रुवाहक सवारी साधनमा २ दशमलव १३ प्रतिशत भाडा घटाएको छ ।

यसैगरी मालवाहक गाडीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव ०९ प्रतिशतले भाडा घटेको विभागले जनाएकाे छ । घटेको भाडा साेमबारदेखि नै लागू हुने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय