भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले बुधबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै मोदीले दाहालको निधन भएको खबरले मर्माहत भएको बताएका छन् ।
नेपाली भाषामा ट्विट गर्दै मोदीले लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । प्रधानमन्त्री प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति ।’
सीता दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
