बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र रहेका छन् । योसँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।
प्रहरीले यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई पक्राउ गरेको थियो ।
