सिराहामा प्रहरीको सेटिङ मै अबैध रुपमा तस्करी।
१९ कात्तिक २०७८, सिराहा-प्रदिप सिंह
प्रहरीको सेटिङ सिरहाकाो ठाडी ,बरियापट्टी र खैरटोका नाकामा अबैध रुपमा तस्करी भइरहेको छ।
प्रहरीकै आँखा अगाडि सुलेयाम तस्करी ठाडी, बरियापट्टी, मरिकटोल, आभेनगर, कुसन्डी , तोरियाही र झाझपट्टी बर्हरी कचनारी, नाकाबाट रात दिन तस्करी भईरहेको पत्रकार प्रदिप सिंह लाई स्थानीयहरुले जानकारी दिएको छ ।
पत्रकारले प्रहरीलाई फोन गर्दा नाकाहरुबाट अबैध तस्करी भइरहेको छ भने बारे कुरा गर्दा छैन कुनै नाकाबाट तस्करी भइरहेको छैन सोही समयमा पत्रकार आफै दिखीएका थिए ।
सिमा श्रेत्रमा खटिएका प्रहरी हरुले आँखा मिच्ची तस्करी गर्न तस्करहरुलाई दिएको हो।
नेपालबाट भारत हरियो र सेतो मटर, स्याऊ, मदिरा, सुपारी, डिजल र पेट्रोल तस्करी भइरहेको छ ।
भारतबाट नेपालतर्फ कपडा, चिनी, खैनी, प्याज, मरिच र रजनिगन्धा जस्ता समान तस्करी भइरहेको जानकारीमा आएको छ। चाडपर्वका बेला तस्करी मौलाएपछि डिआइजीसम्मका घुमुवा तस्करहरु संग मिलेर कारोबारलाई सक्रिय परेका छन ।
स्थानीयका अनुसार सर्वसधारणले ५ किलो चिनी र ५ लिटर तेल ल्याउँदा किचकिच गर्ने प्रहरी लाखौंको समानल्याउने तस्करहरूलाई देखे पनि नदेखेको जस्तो गर्छन ।
नाका बन्द रहेपनि प्रहरी लगायत डिआइजी सम्मका घुमुवा समेतलाई मिलाएपछि सरकारको राजश्व गुडिरहेको छ।
सम्बन्धित निकाय मौन बसेका छन् । प्रहरीका उच्च अधिकारीसम्म घुमुवा मार्फत तस्करीबाट उठेको रकम पुग्ने गरेको स्रोतको दावी छ ।