साेनमा गाउँपालिकाको विद्यालयले प्रति विधार्थी सँग ५ सय लिनु पर्नेमा ७ सय असुलि गरेकाे खुल्लासा। 

 

१८ कार्तिक २०७८, नरेन्द्र महताे-गाैशाला-महाेत्तरी

नेपाल सरकारकाे कानुनकाे धज्जिया उडाउँदै महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका रहेकाे श्री सरस्वति जनता माध्यमिक० – १२ विधालय साेनमा तरहारीमा अध्यनरत कक्षा १० का विधार्थीहरु सँग परीक्षा शुल्ककाे नाममा सात सय रु प्रति विधार्थी लिएकाे विधालयका प्रधानध्यापक अरुण कुमार यादव खुल्लासा गरेका छन ।

सरकारले कक्षा दसकाे विधार्थी सँग ५०० रु लिन भनिए पनि प्र. अ यादवले. सात सय लिदै आएकाे जानकारी दिए । उक्त पैसा अाफुले नराखि जिल्ला शिक्षा समन्वय इकाईले माँग गरेकाे कारण ५ सय५० रु. दरले जिल्लामा बुझाउनु पर्छ उनले भने बाँकि,१०० रु. सरस्वति पुजाकाे लागि र ५० रु फाेटाे काेपि र कम्पुटरकाे खर्च मार्फत लिएकाे प्र.अ यादवले अाफै स्वीकार गरेका छन।

उता प्र: अ यादवले भनेकाे कुरामा कुनै सत्ययता नरहेकाे र आधारहिन कुरा मात्र रहेकाे छ किन भने हामिहरुले आफ्नाे पैसा बाट फाेटाे काेपि गराएर विधालयलाई बुझाउने गरेकाे तर प्र. अ. यादवले कहिल्यै पनि फाेटाे काेपी नगराएकाे कक्षा दसका विधार्थीहरुले जानकारी दिएका छन ।विधालयमा कुनै गल्त भएकाे छ भने कसैलाई नभनु प्र.अ ले धाक धमकि दिद‌ै भनेका छन।विधालयमा शाैचालय भए पनि हामिहरुलाई शा‌ैचालय जान बाट वन्चित गराएकाले लाज मार्दै खेतहरुमा दिशा पिसाव गर्न जान बाध्य हुन्छाै तर शिक्षकहरुले अाफै शाैचालयमा जानू हुन्छ छात्राहरुले नाम उल्लेख नगरीने शर्त जानकारी दिईन ।

विधालयमा कक्षा दसकाे विधार्थीहरु सँग परीक्षा फि ५०० लिन मात्र भनेकाे शिक्षा संयाेजक राज कुमार साहले बताए ।यदि वढि लिएकाे छ भने कानुन अनुसार कार्वाहि गर्ने यादवले स्पष्ट परेका छन।

यस गाउँपालिकामा वडा अध्यक्ष नै विधालयकाेअध्यक्ष हुने गरि कार्यविधि बनाए पनि गाउँपालिका अध्यक्ष यादवले लाठिकाे वलमा त्यसकाे खिल्लि उडाएका छन । निर्णय गरे पनि ताना साहिकाे कारण वडा न २ मा रहेकाे विधालयमा विधालय व्यवस्थापन समिति विना नै ५ वर्ष देखि विधालय सँचालनमा रहेकाे वडा न. २ का वडा अध्यक्ष प्रमाेद कुमार यादवले बताएका छन । गाउँपालिका अध्यक्ष यादवले शिक्षा क्षेत्रमा वढि राजिनितिक गरेकाे कारण याे विधालयमा ५ वर्ष देखि व्यवसथापन समिति विहिन्न रहेका छन । विधालयकाे प्र. अ. ले विधार्थीहरु सँग के कति र के काेे लागि रुपैया पैसा माँग गरेकाे आफुलाई कुनै जानकारी नभएकाे यादवले स्पष्ट पारे।

यदि विधार्थीहरु सँग ताेके भन्दा वढि रुपयाँ लिएकाे छ भने कानुन अनुसार कर्वाई हुनु पर्छ यादवले जाेडदार माँग गरेका छन ।

 

आफुहरु त्यतै पढे लेखे नभएकाे अथवा नजानेकाेले प्र. अ.यादवले२१४ विधार्थी सँग ४३ हजार ४ सय रु एक शिर्षकमा लिएकाे अभिभावकहरुले बताए ।यस विधालयमा करीव हजार विधार्थीहरु अध्यनरत रहेका छन ।सवै वाट दुई सय वढाएर लिएका छन भने कम से कम २ लाख घाेटाेला गरेकाे हाेला अभिभावकहरुले आराेप लगाएका छन ।

उता यस विषयमा साेनमा गाउँपालिका माैन छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय