बालुवाटारमा गठबन्धनको बैठक सुरु
काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पदको टुंगो लगाउन गठबन्धन बैठक बसेको हो बैठकमा पाँच दलका नेताहरू सहभागी भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए
कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको अडान नछोडेपछि अन्तिम टुंगो लगाउन बैठक बसेको हो । आफ्नै नेतृत्वमा सरकार गठनका लागि कांग्रेस र एमाले दुवै दलले हस्ताक्षर संकलन सुरू गरिसकेका छन् ।



