घरेलु हिंसाको मुद्दामा प्रहरी प्रशासन संवेदनशील भएन: मधेसी आयोग

काठमाडाैँ- मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले घरेलु हिंसा र लैङ्गिक हिँसाको मुद्दामा प्रहरी प्रशासन हुनुपर्ने जति संवेदनशील नभएको आराेप लगाएका छन्।

ओरेक-नेपालद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष डा.दत्तले नेहा चौधरीको घटनामा प्रहरी-प्रशासनले पहिले नै संवेदनशील भएर चासो लिएको भए अहिले पीडितले न्याय पाउनको लागि सडक आन्दोलन गर्नु नपर्ने बताए।

अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरूको उत्तर दिँदै अध्यक्ष डा.दत्तले नेहा चौधरीको घटनामा आयोगले उजुरी प्राप्त हुनेबित्तिकै प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी अनुसन्धान गर्न भनेको केही दिनपछि सो मुद्दा अदालतमा गएको हुनाले संवैधानिक निकायले त्यसमा हस्तक्षेप गर्न नमिल्ने समेत बताए।

उनले नेहा चौधरीको घटनामा सडक आन्दोलन गर्दा बालबालिकाको दुरपयोग समेत भएको बताउँदै आयोगबाट छिट्टै एउटा टोली स्थलगत अनुसन्धान गर्नको लागि पठाउने जानकारी दिए। सो कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोग, इन्सेक लगयतका संस्थाहरूको प्रतिनिधिको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय