दर्ता विषयमा गुठी संस्थानमा विवादः कुटिए अमिन पोखरेल।

जनकपुरधाम । टेन्डर दर्ताको विषयमा विवाद हुदाँ जनकपुर गुठी संस्थानका कार्यालय अमिन कुटिएका छन् ।

दर्ता सम्बन्धि विषयमा विवाद हुदाँ बिहीबार दिउँसो करिब साढे १२ बजेको समयमा नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले हातपात गरेका अमिन प्रभात चन्द्र पोखरेले आरोप लगाएका हुन् ।

संस्थानले जनकपुर उपमहानगरपालिका ८ मा रहेको पोखरीको उत्तर तर्फको डिलमा रहेको ७ कठ्ठा जमिनको टेण्डर सार्वजनिक गरेको थियो । सोही विषयमा दुईपक्षबीच विवाद हुँदा प्रमुखसहित टेण्डर भर्न आएका अर्का पक्ष समेत कुटिएका छन् । टेण्डर दर्ता नगर्न दबाब दिँदै भण्डारीले आफूमाथि कुटपिट गरेको अमिन पोखरेलले बताए । भण्डारीले आफूलाई सो टेण्डर दर्ता नगर्न दबाब दिएको र आफूले नमान्दा कार्यालय परिसरबाहिर घिसारेर लग्दै आफूमाथि हातपात गरेको अमिन पोखरेलले बताए ।

गुठी संस्थानले केहि समय अघि जग्गाको टेण्डर निकालेको थियो । सो टेण्डर भर्न संस्थानले आजको १२ बजेसम्मको समय तय गरिएको थियो । सो समय भित्र कार्यालय परिसर प्रवेश गर्ने सबैको टेण्डर फर्म दर्ता गर्ने प्रमुखले भनेपछि अर्को पक्षले विवाद खडा गरेको प्रत्यक्षदर्शी एवंम सेवाग्राही संजय मण्डलले बताए ।

उनका अनुसार सोही विषयमा छलफल चलिरहेकै समय ठेकेदार सुरेन्द्र भण्डारीको समूहले कार्यालय अमिन पोखरेललाई घिसारेर बाहिर लगेको र कार्यालयय भित्र रहेको अन्य सेवाग्राही माथि हातपात गरेका छन् । सो विषय दुईतर्फी झडप परिणत भएपनि पछि प्रहरी आएपछि सामान्य बनेको थियो ।

हातपात गर्नेमाथि गुठि संस्थानले उजुरी दिने तयारी गरेको कार्यालय प्रमुख पोखरेल जनाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित सिट नम्बर १३५५–७५ को कित्ता नम्बर–५८ मा रहेको ७ कट्ठा जग्गाका लागि न्यूनतम मूल्य प्रतिकठ्ठा १० हजार रुपैयाँको दरले गुठी संस्थान प्रधान कार्यालयले कार्तिक २९ गते बोलपत्र आह्वान गरेको थियो ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरको गुठी तैनाथी जग्गा लिजमा दिने सम्बन्धी सूचना प्रकाशित भएको ३१ दिनभित्र दिउँसो १२ बजे भित्र वार्षिक भाडादर उल्लेख गरी कुन प्रयोजनको लागि लिजमा लिन खोजिएको हो ।

सोसमेत प्रष्ट हुने गरी कार्यालयमा बोलपत्र सही छाप सिलवन्दी गरी दाखिला गराई सक्नुपर्ने सूचनामा उल्लेख थियो ।

कार्यालय भित्रै हातपात गर्नेमाथि कार्वाहीका लागि संस्थानले उजुरी दिने तयारी गरेको अमिन पोखरेल बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय