
जबराविरुद्धको महाभियोग निष्क्रिय पत्रमाथिको रिटमा आज सुनुवाइ।
काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयका महासचिवले दिएको पत्रका सन्दर्भमा परेको रिटमा शुक्रबार सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको हो । रिटमा प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाइएको छ।
महाभियोगमाथि संसदबाट छिनोफानो नहुँदै गौतमले बुधबार प्राकृतिक न्यायको सिद्धान्त अनुसार भन्दै महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएका थिए ।