राष्ट्रिय जनगणना २०७८:सप्तरी सिडिओ गौतमद्वारा गणक तालिम उद्घाटन  

१४ कार्तिक २०७८,  नविन यादव राजविराज

सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)जनार्दन गौतमले दोस्रो चरणको जनगणना अभियानमा खटिने गणकहरुको तालीम उद्घाटन गर्नु भएको छ।

 

जिल्ला जनगणना कार्यालय राजविराजद्वारा आज शनिबार आयोजित तालिमलाई मैनबत्ती बालेर उद्घाटन गर्नु भएको हो।

तथ्यांक संकलनमा स्थानीय युवालाई परिचालन गरिएको छ। राष्ट्रिय अभियानको रुपमा रहेको जनगणना राष्ट्रले सुम्पेको जिम्मेवारी भएकाले नियुक्त गणक इमानदारीपुर्वक,सत्य र तथ्य विवरण संकलन गर्नुपर्ने छ। सप्तरी जिल्लाका सबै स्थानीय तह लगायत देश बिकास निर्माणमा जनगणनाबाट प्राप्त तथ्यांकले महत्त्वपूर्ण भुमिका खेल्ने सिडिओ गौतमले बताउनुभयो ।

 

कार्तिक २५ गतेदेखी मंसिर ९ गतेसम्म जिल्ला भरिमा दोस्रो चरणको कार्यक्रम अन्तर्गत प्रत्यक्ष मौखिक गणना खटिने गणकहरुको तालिम शुरु भएको जिल्ला जनगणना अधिकारी सञ्जय चौधरीले बताउनु भएका छ्न।

 

पाराडाइज क्याम्पस स्थित शुरु भएको चार दिने तालिम कार्तिक १६ गतेसम्म हुनेछ ।जिल्ला भरिमा ६ सय ८० जना गणक खटाइएको छ।बोदेबरसाइन नगरपालिका ,सुरुङा नगरपालिका ,शम्भुनाथ नगरपालिका,हनुमाननगर कंकालनी नगरपालिका र कञ्चनरुप नगरपालिका गरि ६ वटा शाखा कार्यालय मार्फत जिल्ला भरी गणक परिचालन हुनेछ।यसैबीच राजविराजमा एक सय ८० जनालाई आजदेखी तालिम दिन लागिएको जनगणना अधिकारी सञ्जय चौधरीले बताउनुभयो ।

 

तालिम उद्घाटन कार्यक्रम स्थानीय जनगणना अधिकारी अनिता चौधरीको अध्यक्षतामा र सिडिओ गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय