भोलि सार्वजनिक बिदा।

काठमाडौं- सरकारले भोलि मंगलबार सार्वजनिक बिदा

दिएको छ । संस्कृतिविद् सत्यमोहन जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, कुटनीतिक नियोगमा बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ । संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षमा आइतबार निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय