कक्षा १२ को नतिजा आज प्रकाशन नहुने।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक नहुने भएको छ ।

नतिजा सार्वजनिक गर्ने तयारीका लागि मंगलबार बोर्ड बैठक बोलाइएको थियो । तर, विद्यार्थीको परीक्षाफलमा हुने नाम, थर, ठेगाना, जन्ममिति लगायत त्रुटि सच्याउने काम नसकिएकाले परीक्षाफ रोकिएको हो ।

यद्यपि बोर्डले केहि दिनमै नतिजा सार्वजनिक गरिने पनि जनाएको छ । नतिजा सार्वजनिक गर्ने तयारीका लागि मंगलबार बोर्ड बैठकसमेत बोलाइएको थियो ।

जेठ १६ देखि २४ गतेसम्म देशभर सञ्चालित कक्षा १२ को परीक्षा प्रकाशनको अन्तिम तयारीमा बोर्ड जुटेको छ । लेटर ग्रेडिङ पद्धति २०७८ अनुसार यसवर्षको नतिजा सार्वजनिक गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
3
+1
1
+1
2
+1
2

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय