महँगी र भ्रष्टाचारविरुद्ध एमालेको विरोध प्रदर्शन।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ ।

गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विरोधमा एमालेले प्रदर्शन गरेको हो।

प्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर कोण सभामा परिणत भएको छ । प्रदर्शनका क्रममा वर्षा भएपछि उनीहरूले छाता ओडेरै जुलुस निकालेका थिए ।

प्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता थियो ।

प्रदर्शनकारीहरूले विभिन्न ब्यानर, ग्याँस सिलिन्डर बोकेर विरोध जनाएका छन् । उनीहरूले ‘परमादेशी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन, भ्रष्टाचार नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गरु लगायतका नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय