काठमाडौं उपत्यका लगायत बागमती प्रदेश भित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढ्यो।

वाग्मती प्रदेश अन्तर्गतका जिल्लाभित्र सञ्चालित सार्वजनिक सवारीसाधनको भाडा बढेको छ । वाग्मती प्रदेश अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारबाटै लागू हुनेगरी भाडा बढाएको हो । यसअघि बढाएको चार महिनामै पुन: प्रदेश सरकारले भाडा वृद्धि गरेको हो ।

किलोमिटरका आधारमा प्रदेशभित्र सञ्चालित सवारी साधनमा भाडा वृद्धि गरिएको हो। प्रदेश र काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन चढ्ने बित्तिकै २० रुपैयाँ भाडा तिर्नुपर्ने छ। प्रदेश सरकारले अहिले भाडा वृद्धि गरेपनि उपत्यकामा सञ्चालित सार्वजनिक सवारीले भने पहिल्यै यात्रुसँग बढी भाडा उठाउँदै आएका थिए। वाग्मती प्रदेश सरकारले वैशाखमा लागू गरेको भाडादरमा अहिले ८.३९ प्रतिशत वृद्धि गरेको हो।

अब उपत्यका तथा वाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा ५ किलोमिटरसम्मको दूरीमा २० रुपैयाँ रहेको छ। ५ देखि १० किलोमिटरको दूरीमा पहिले २५ रुपैयाँ भाडा रहेकोमा अहिले २७ रुपैयाँ बनाइएको छ। १० देखि १५ किमी दूरीमा ३० रुपैयाँ भाडा रहेकोमा अहिले बढाएर ३२ रुपैयाँ पुर्‍याइएको छ। पहिला कायम गरिएको भाडामा दूरीअनुसार दुई रुपैयाँ बढाइएको हो। त्यस्तै मालबहाक सवारी साधनको प्रतिकिलोमिटर प्रतिटनमा १३.४५ रुपैयाँ भाडा रहेकोमा अहिले बढाएर १५.०५ रुपैयाँ पुर्‍याइएको छ। विद्युतीय माध्यमबाट सञ्चालित यात्रुबहाक सवारी साधन र ट्याक्सीको हकमा बैशाखमै लागू गरिएको भाडादर नै यथावत राखिएको वाग्मती प्रदेश सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय