चाँड पर्व नजिकदैं जाँदा माटाेकाे सामाग्रि बनाउनमा कुम्महार सामुदाय व्यस्त
नरेन्द्र महताे -गाैशाला -महाेत्तरी -कार्तिक ९
हिन्दु धर्मावलम्बीहरुको महान चाँड शुभ दीपावलि छठ नजिकदैँ गर्दा माटाे बाट बनाईएको समाग्रीहरु उपभोक्ता सम्म पुरयाउन कुम्महार सामुदायहरु दिन रात लागि परेका छन।
महाेत्तरी जिल्लाका गाैशाला तथा अाैरही नगरपालिक लगायत अासपासमा रहेका कुम्माहार सामुदायका सदस्यहरुले माटाेकाे भाडाे लगायतका सामग्री बनाउन दिनभरि व्यस्त रहेका छन ।दिन प्रति दिन पर्वहरु मनाउने श्रद्वालुहरुकाे संख्यामा बृद्धि हुँदै जाँदा माटाेबाट बनाईएकाे ती समाग्रीहरु सबैलाई पुरयाउन सकस भएको कठुधारका कुम्महार विन्देशर पंडित बताउँछन् । उनिहरुले खुशि व्यक्त गर्दै भने ‘व्यापार राम्रो भईरहेको छ ।एक टेक्टर माटाेकाे २५ सय ,१४ हजारकाे दाउरा, २ हजारकाे खानामा खर्च हुन्छ तर अाम्दानि २५ / ३० हजार जति हुन्छ पंडितले भने । यसमा कुनै लिमिट हुँदैन अाम्दानिका ,भाव वढे पछि ६०/७० हजार भन्दा बढि पनि हुन्छ ।याे व्यापार बाट ५/७ जनाकाे परीवार पालेर सालमा जग्गा जमिन पनि खरीद गर्छाै उनले भने। यस्तै गाैशाला निगाैल चाैकका बच्चा पंडितले पनि बताए । याे व्यापारमा कर्म फुटे पनि ५० हजार भन्दा वढिकाे अाम्दानि हुन्छ तर हाम्राे जाति गरीवकाे रेखा मुनि रहेकाेले जति अाम्दानि भए अगाडि बढन नसकेकाे पंडितले बताए ।तर जे भए पनि म अाफ्नाे कर्मले संतुष्ट छु उनिले भने । यसपालि राम्रो आम्दानी हुनेछ किन भने गत वर्ष काेराेनाकाे कारणले गर्दा लागत अनुसारकाे अाम्दानि हुन सकेन।
कुम्महार जातिकाे आम्दानीको स्रोत नै माटाेकाे भाडा वर्तन तथा अरु सामाग्री बनाएर बेचनु रहेको बताउँदै पंडितले भने ‘ अाज देखि हाेईन पुष्तौ पुष्ता देखि यहीँ पेशाबाट सबै पारिवार गुजरा गर्दै आएको छु। यसमा खर्चा वढि नभए पनि मेहनत बढि भएकाेले अाम्दानि राम्राे हुने गरेकाे छ एउटा समान विक्रि गर्दा खर्चा काटेर राम्राे हुने गरेका छ ।’ आफ्ना समुदायका व्यक्तिहरुले बनाएका समाग्रीहरु बेच्न विभिन्न बजार र छुटाछुट्टै गाउँ छुट्टइएको बताए । उनले ती समाग्रीहरु बेचेर आफुहरुले चाँड पर्वको बेला गाँउका साउ महाजन बाट पनि अलिकता आम्दानी हुने गरेको जानकारी दिए।
उता सवै जातिले गरेकाे काम कर्तव्यममा परिर्वतन भए पनि कुम्महार जातिले गर्दै अाएकाे काम कर्तव्यमा कुनै परिवर्तन भएकाे छैन।अर्थात कुम्महार जातिले गरेकाे काम अरु जातिले अाज सम्म गर्न नसकेकाे उनिहरुले बताएका छन ।