हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हल्जीमा स्थानीयले गुम्बामा मतपेटिका लैजान माग राखेर मतदान अवरुद्ध गराएका छन् । हल्जीमा रहेको सुनखानी मावि मतदान केन्द्रमा स्थानीय लामाहरूले मतदानका लागि वारेसनामा पाउनुपर्ने र गुम्बामा बिरामी रहेको भन्दै मतपेटिका त्यहीँ लैजानुपर्ने भन्दै विवाद गरेका हुन् ।
सो ठाउँमा २६४ मतदाता छन् । अहिलेसम्म १६४ मत खसेको हुम्लाका डीएसपी शङ्कर खड्काले बताए । मतदान स्थगित नभएको तर, स्थानीयले मतपेटिका गुम्बामा लैजान माग गरेको खड्काले जानकारी दिए । सो मतदान स्थलमा हेलिकप्टरमा निर्वाचन सामग्री र सुरक्षाकर्मी लगेर आयोगले मतदान गराइरहेको छ ।
सो गाउँ रास्वपाकी उम्मेदवार टासी ल्हाजोमको गाउँ हो । त्यहाँ मतदान गराउन ६ जना कर्मचारी खटिएका छन् ।



