प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिको लागि सहकार्य विषयमा सर्वपक्षिय राष्ट्रिय संवाद कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

कार्यक्रममा बोल्दै उनले भनिन,‘ढलेका निजी क्षेत्रका संरचना पुनः निर्माण भएर कलकारखाना फेरि जल्दैनन् भन्ने ग्यारेन्टी दिन तयार छौँ। ताकि ढुक्क सँग हाम्रा उद्यमी व्यवसायीले लगानी गर्न सकुन। देशको करदाता, सेवा प्रदायक, बजार निर्माणकर्ता, राजस्व संकलनमा योगदानकर्ता एवं सम्पत्ति निर्माण गर्ने उद्यमी व्यवसायीको मनोबल उच्च राखी लगानी बढाउन निर्बाध पेशा र व्यवसाय गर्न पाउने हकको हामी सम्मान गर्दछौँ।’

उद्यमी व्यवसायीहरुलाई लुट, सेवा र सुरक्षा प्रदान गर्ने सुनिश्चितता सँगै बन्द हड्ताल, तोडफोड, आगजनी लगायतका आक्रमण निरुत्साहित हुने कार्यमा समाधान गर्न उद्योग, कलकारखाना, प्रतिष्ठान, निजी आवास लगायतको सुरक्षा सुनिश्चित गर्न आवश्यक जे जस्ता कदम चाल्नु पर्छ त्यसका लागि मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफल गरी आवश्यक निर्णय लिने प्रधानमन्त्री कार्कीको भनाइ छ ।

साथै उनले फागुन २१ गतेभित्र निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध रहेको बताइन् ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय