इम्बोस्ड नम्बर प्लेटविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन।
२४ जेठ, काठमाडौं।
इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ। नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले सो निर्णयको विरुद्धमा यातायात व्यवस्था कार्यालय नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको हो।
इम्बोस्ड नम्बर प्लेटको अस्वभाविक मूल्य र सरकारको अव्यवहारिक रबैयाविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रदर्शनकारी र प्रहरीबिच घम्साघम्सी भएको थियो।
यातायात व्यवस्था विभागले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारीसाधनलाई साउन १ भित्र इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न भनेको छ। अनलाइनबाटै नम्बर प्लेटका लागि आवेदन गर्न सकिने प्रणाली समेत विभागले सुरु गरेको बताएको छ। यद्यपि, पास र नवीकरण भइसकेको लाइसेन्ससमेत वर्षदिन बित्दा पनि वितरण गर्न नसक्ने विभागको यो कदम आफैमा प्रश्नयोग्य छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
2
+1
1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा