प्रचण्डलाई भेट्न खुमलटार पुगे गृहमन्त्री खाण र कानुनमन्त्री शर्मा।

०५ वैशाख, काठमाडौं।

गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्।

अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ। भेटमा संघीय संसद्लाई सञ्चालन गर्ने र सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिए ।

‘समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे भेटमा छलफल भयो,’ गृहमन्त्री खाणले भने ।

प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि भेटमा छलफल भएको छ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ । दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले माओवादी अध्यक्ष दाहालसँग भेटघाट गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय