आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमति, आन्दोलन फिर्ता।

१९ चैत्र, काठमाडौं ।

आइतबारदेखि देशव्यापी आन्दोलन गर्ने भनेका पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलन गर्न तोकिएको मितिको अघिल्लो दिन आज (शनिबार) नेपाल आयल निगमसँगको वार्तापछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन् ।

राष्ट्रिय पेट्रोल व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्वप्रसाद अर्याल र निगमका प्रवक्ता ई.विनितमणि उपाध्यायबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सहमतिसँगै जारी विज्ञप्तिमा पेश गरिएका मागहरू मध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं. ६ को एल।पी। ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने भनिएको छ ।

यसअघि, विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढेपनि निगमले ढुवानी भाडा नबढाएपछि व्यवासायीहरुले ढुवानी तथा विक्री वितरण बन्द गर्ने घोषणा गरेका थिए । तर, यस विषयमा निगमका प्रवक्ता उपाध्यायसँग शनिबार साँझ अबेरसम्म व्यवसायीहरु छलफलमा जुटेपछि सहमतिको निकास निस्केको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1k
+1
500
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय