हालसातै काठमाडौं केन्द्रित भएर विभिन्न आन्दोलन र प्रदर्शन भएका थिए । अहिले पनि शिक्षक, आवासीय चिकित्सक, लगायत अन्य संघ, संगठन, संस्था र समूहका आन्दोलन जारी नै छन् ।
राजावादिहरुले गरेको प्रदर्शन हिंसात्मक बनेपछि अहिले आन्दोलन र प्रदर्शनमा ठूलो मात्रामा प्रहरी खटाइने गरिएको छ ।



