प्राविधिक समस्या समाधान न भएपछि सेयर कारोबार बन्द।
३० फाल्गुन, काठमाडौं।
ब्रोकर डाटा सेन्टरमा आएको समस्या समाधान नभएपछि नेप्सेले आज सोमबारका लागि सेयर कारोबार बन्द गरेको छ । पौने पाँच बजेसम्म पनि समस्या समाधान नभएपछि आजको कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ । सोमबार १२:५३ बजेदेखि नेप्सेको कारोबार रोकिएको हो । अब मंगलबार मात्र बजार खुल्नेछ ।
यसअघि नेप्सेले समस्या समाधान भएपछि कारोबार अवधि थपेर बजार सञ्चालन गर्ने भनेको थियो । तर साँझसम्म पनि समस्य समाधान नभएपछि दिनभरका लागि कारोबार बन्द गरिएको नेप्सेको भनाई छ ।
बजार खुलेको अवधिमा १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२० कम्पनीको २३ लाख ४९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ मध्ये ६ समूहको सूचक हरियो बनेको छ । ६ करोड ६५ लाख रुपैयाँभन्दा बढीसहित नेपाल लाइफको सबैभन्दा धेरै कारोबार भएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा